श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

समाजवादी मोर्चाले भदौ ८ देखि २५ गतेसम्म प्रदेशस्तरीय सभा गर्ने



काठमाडौं । समाजवादी मोर्चाले सातै प्रदेशमा गर्ने सभाको मिति तय गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बिहान बसेको बैठकले ८ भदौदेखि २५ भदौसम्म प्रदेशस्तरीय सभा गर्ने निर्णय गरेको हो ।

८ भदौमा वीरगन्जमा, १२ भदौमा बुटवलमा, १३ भदौमा धनगढीमा, १४ भदौमा सुर्खेतमा, १५ भदौमा पोखरामा, २३ भदौमा हेटौंडामा र २५ भदौमा विराटनगरमा सभाको आयोजना गरिने मोर्चाको सचिवालय सचिव प्रमेश हमालले जानकारी दिए ।

सबै सभामा मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १ : ३३ बजे