श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

आज विश्वासको मत लिने सम्भावना छैन : मुख्यमन्त्री थापा



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने सम्भावना कम देखिएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइए पनि सभा सञ्चालन गर्ने उपसभामुख नै अचानक बिरामी भएको पत्र थमाएर काठमाडौं लागेपछि थापाले आज विश्वासको मत लिने सम्भावना कम देखिएको हो ।

सभामुखले राजीनामा दिएको अवस्थामा उपसभामुखले सभा सञ्चालन गर्ने व्यवस्था छ । तर, उपसभामुख सृजना दनुवार आज आफैले १ बजेका लागि बोलाएको बैठक छाडेर काठमाडौं उडेपछि सत्ता गठबन्धन संकटमा परेको छ ।

विराटनगरपस्थत एक होटलमा सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने सम्भावना टरेको बताए ।

उनले भने, ‘आफैंले बोलाएको बैठकमा उपसभामुख नै अनुपस्थित हुनुभयो । आजै विश्वासको मत लिने सम्भावना देखिएन । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौं ।’

यद्यपि कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर त्यसबारे औपचारिक निर्णय गर्ने उनले बताए । ‘कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर के गर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १ : ३० बजे