काठमाडौं । नेकपा एमालेले १६ सदस्यीय संसदीय विभाग बनाएको छ । त्यसमा नेता झपटबहादुर बोहरालाई सामाजिक सेवा विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
नेकपा एमाले प्रभावशाली बोहरा यस अघि पनि पार्टीको विभिन्न जिम्मेवारीमा बसेर पार्टी संगठनमा महत्वपूर्ण निर्वाह गर्दै आएका नेता हुन् ।
एमालेले संसदीय विभाग गठन गरेर विभिन्न क्षेत्र हेर्ने गरी सदस्य संख्या १६ पु¥याएको छ । १६ सदस्यीय समितिमा मनोनित गरिएका नेताहरुलाई छुट्टाछुट्टै क्षेत्र हेर्ने गरी जिम्मवारी दिइएको जनाइएको छ ।
त्यसमा नेता बोहरालाई सामाजिक सेवा प्रमुखको जिम्मेवारी दिइएको बताइएको छ ।