श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

चन्द्रनगरमा समावेशीकारण सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालीम सम्पन्न



सर्लाही । सर्लाहीको चन्द्रनगर र ब्रहम्पुरी गाउँपालिकाका सम्वन्धित सरोकारवालाहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । सरोकारवालाहरुलाई समावेसी शिक्षा, बाल संरक्षण तथा लैङ्गिक समानता समाजिक समाबेशीकारण सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम दिइएको हो ।

तालिमको आयोजना बाल अधिकार तथा बाल संरक्षणको सुनिश्चितता गराउने, समावेशी शिक्षाबारे जानकारी गराउने, अपाङ्ग्ता भएका बालबालिकालाई शिक्षामा समान पहुँच पु¥याउने, लैङ्गिक समानता र सामाजिक समावेशीकरण अवधारणालाई व्यवहारिक बनाउन गरिएको छ । सो क्षमता अभिवृद्धि तालिम चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त दुई दिने क्षमता अभिवृद्धि तालिमको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र नेपालबाट संचालित राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद साह, अपाङ्ग्ता संयोजक तुलाराम धमला र वल्र्ड भिजन ईन्टरनेशनल नेपालका सबिना राउतले सहजीकरण गरेका हुन् ।

सो दुई दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रममा चन्द्रनगरको वडा न.१ र २ का वडाअध्यक्ष क्रमशः रामेश्वर महतो र शम्भु साह, त्यस्तै ब्रहम्पुरी गाउँपालिका वडा न.१ र ६ का वडाअध्यक्ष क्रमशः निरन्जन साह र धिरेन्द्र राय, शिक्षा प्रमुख राजिव कुमार पण्डित, देन कुमार महतो, महिला बालबालिका शाखा प्रमुख नगिना साह, नगरस्तरीय अपाङ्ग संस्थाका प्रतिनिधि, बालअधिकार समितिका पदाधिकारीहरु, शिक्षक, रुपान्तरण कक्षाका छत्रछात्रालगायत सरोकारबालाहरुको उपस्थिति उल्लेख्य उपस्थिति थियो ।

सर्लाही जिल्लाको चारवटा स्थानीय तह चन्द्रनगर, ब्रहम्पुरी र पर्सा गाउँपालिका तथा हरिपूर्वा नगरपालिकामा अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याप इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना”ले समावेशी शिक्षा, बाल संरक्षण तथा अपङ्गता क्षेत्रमा विगत चार वर्ष देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाको संरक्षण संयोजक शाहले जनाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  १२ : ५९ बजे