बैशाख १७, २०८१ सोमबार Mon Apr 29 2024

महिला विश्वकपको उपाधिका लागि आइतबार इङ्ग्ल्याण्ड र स्पेन खेल्ने



काठमाडौँ। गत जुलाई २० देखि अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा सुरु भएको फिफा महिला विश्वकप फुटबल आगामी आइतबार सकिँदै छ ।

आइतबार उपाधिका लागि इङ्ल्यान्ड र स्पेनको खेल सकिएसँगै सन् २०२३ को फिफा महिला विश्वकप समापन हुनेछ ।

हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको छ । त्यस्तै, स्पेन पनि स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो ।

यसपटकको महिला विश्वकपमा यी दुईमध्ये जुन टोलीले जिते पनि नयाँ टोली च्याम्पियन बन्ने पक्का भएको छ ।

अस्ट्रेलिया र स्वीडेनबीच तेस्रो स्थानका लागि शनिवार खेल हुनेछ । महिला विश्व कपमा ३२ टोली सहभागी थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ११ : ५६ बजे