श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सेफ्टी ट्याङ्कीमा फसेर हात्तीको मृत्यु



धनगढी । कञ्चनपुरको एक सामुदायिक वनको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर एक वयस्क पोथी हात्ती मरेको छ ।

जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मरेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन किशोर मेहताले गए राति ओहोरदोहोर गर्ने क्रममा सेफ्टी ट्याङ्कीमा हात्ती फसेको जानकारी सामुदायिक वनले जानकारी दिएको बताए । पोष्टमार्टमपछि आवश्यक प्रक्रिया अगाडि बढाइने वार्डेन मेहताको भनाइ छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ११ : ५३ बजे