श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

लोक सेवा आयोगद्वारा ३६० सवारी चालकका लागि दरखास्त आव्हान



काठमाडौं । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि दरखास्त आव्हान गरेको छ ।

आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेभित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ११ : ०३ बजे