श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

देशमा राम्रो काम हुँदै गर्दा नकारात्मक कुरा हाबी भयो : अर्थमन्त्री



काठमाडौं।अर्थमन्त्री प्रकाशशरण महतले देशमा राम्रो काम भइरहेको दाबी गरेका छन् । उनले देशमा राम्रो काम हुँदै गर्दा नकारात्मक कुरा हाबी भएको गुनासो गरे ।

मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेका कार्यहरूमा सबै सकारात्मक बनेर लाग्नु पर्ने बताए ।

‘यो देशमा यसै पनि नकारात्मक कुराहरू लोकप्रिय हुन्छ, गम्भीर काम भइरहेको छ, सिरियस कुरा भइरहेको छ,’ उनले भने, ‘त्यसलाई सकारात्मक भएर अगाडि ल्याउनु पर्छ ।’

अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भइरहको बताउँदै सबैले सकारात्मक बनेर अघि बढ्नु पर्ने बताए ।

ट्याक्सको बाटोमा नआएकालाई ट्रयाकमा ल्याउनु पर्ने कार्यमा सरकारले प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : ४६ बजे