श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

जनताको विश्वास जित्ने गरी पाटीको कार्यक्रममा सक्रिय हुन नेता सिंहको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जित्ने गरी पाटीको कार्यक्रममा सक्रिय हुन आग्रह गरेका छन् । कार्यक्रम गर्दा परिणाममुखी कार्यक्रम गरेर खर्च कम गर्न तिर केन्द्रित हुनुपर्ने नेता सिंहले मंगलबार बिहान काठमाडौंको नयाँबानेश्वरमा आयोजित बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रम गर्दा खर्च बढी हुने र परिणाम थोरै आउने प्रवृति भएमा राम्रो नहुने बताउदैँ उनले कार्यक्रमको खर्च न्युनीकरण गरेर परिणाम ल्याउने गतिविधिमा सक्रिय हुनुपर्ने बताए ।

यस्तै नेता सिंहले नेपाली कांग्रेसलाई शक्तिशाली र चलायमान बनाएर २०४६ साल अघिको जस्तै पाटी निर्माणमा सबैको ध्यान जानुपर्ने बताए । उनले भने,‘ नेपाली कांग्रेसलाई विगतको जस्तो सक्रिय र मजबुद्ध बनाउनमा चुनौतीहरु छन् । ती चुनौतीहरुको सामना गर्न सबैको सहकार्य एकताबद्ध हुन आवश्यक छ । ’ पाटीको सबै तहको संरचनामा विधि पद्धति र नियमसम्बद्ध चलाउनका लागि पैसाको चलखेल गर्ने व्यक्ति वा संस्थालाई सही ठाउँमा ल्याउनका लागि सबै पाटीका नेता तथा कार्यकर्ताहरुले निगरानी गर्नु आवश्यक छ उनले भने । पाटीलाई सहि मार्गमा हिडाउनमा सबैले सिद्धान्तमा रहेर पाटीको मर्यादामा हिड्नुपर्ने पनि नेता सिंहको भनाइ छ ।

पछिल्लो समय देखिएको पैसाको चलखेल गर्ने नकरात्मक प्रविधिको अन्त्यका लागि नेपाली कांग्रेसले अभियान नै चलाएर अघि बढ्नुपर्ने समेत उनले बताए । नेपाली कांग्रेसलाई शक्तिशाली एकताबद्ध र सशक्त बनाउन स्थानीय तहदेखी केन्द्रसम्म नै भ्रष्टचार निमूर्ल पार्ने अभियान चाउन सकेको खण्डमा नेपाली कांग्रेसलाई विगतमा जस्तो शक्तिशाली बनाउन लामो समय कुर्नु नपर्ने उनले बताए । नेता सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन पाटीका नेता तथा कार्यकर्ताको अहम भूमिका रहेको बताए । यस्तो परिवर्तन ल्याउनका लागि टोल–टोलबाट अभियानको थालनी गर्नुपर्ने विगत लामो समयदेखि आँफूले बताउँदै आएको नेता सिंहको भनाइ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : ३४ बजे