२९ बैशाख २०८३, मंगलबार Tue May 12 2026

चन्द्रनगर गाउँपालिकामा भदौ १ गतेबाट ‘कृषि विधुत मिटर जडान अभियान २०८०’ को थालनी गरिने



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका स्थानीय किसानहरुको लागि ‘कृषि विधुत मिटर जडान अभियान २०८० ’ भदौ १ गतेबाट थालिने भएको छ । कृषि विधुत मिटर जडान अभियान आगामी भदौ १ देखि ७ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको हो ।

कृषि विधुत मिटर जडानको लागि बोर्डिङ तथा चापाकल पाइप, त्यस ठाउँको घर वा खम्बाको फोटोसहित आवश्यक कागजातसहित उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ । मिटर जडानबाट कृषि उत्पादनको लागि सिंचाई गर्न जग्गाको लालपूर्जाको फोटोकपी, मिटर लिने व्यक्तिको नागरिकताको फोटोकपी, विद्युत मिटर लिने व्यक्तिले असार मसान्तसम्मको विद्युत महसुस तिरेको रसिदको फोटोकपी, विद्युत मिटर लिने व्यक्तिको दुई प्रति फोटो समावेश गर्नुपर्ने छ।

त्योसँगै कृषि शाखाको सिफारिस, छिमेकीको विद्युत विलको फोटोकपी, गाउँपालिकाको सिफारिस, रेकर्ड फाइल, मालपोत तिरेको रसिद बुझाउनुपर्ने छ । त्यसैगरी ठेक्कावालको हकमा भने जग्गाधनीको लालपूर्जा तथा नागरिकताको फोटोकपी, नियरअनुसारको सिफारिस दस्तुर र मिटेर दस्तुर तिरेको हुनुपर्ने छ ।

स्थानीय किसानहरुको लागि यो सुनौलो अवसर भएकाले यसको सदुपयोग गर्न गाउँपालिकाले सबैमा अनुरोध गरेको छ । यस अवसरको लागि उल्लेखित आवश्यक कागजातसहित उपस्थित गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ५ : ०४ बजे