३१ असार २०८३, बुधबार Thu Jul 16 2026

काठमाडौँ महानगरले खुला दूध बिक्री गर्न रोक लगाउने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला दूध प्लाष्टिकमा हालेर बिक्री वितरण गर्न रोक लगाउने भएको छ।

कामपाले खुलारूपमा दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत रहेको भन्दै उक्त कार्य तत्काल रोक्ने जनाएको हो।

पछिल्लो समय बजारलाई थप व्यवस्थापन गर्नका लागि भन्दै नियमितरूपमा अनुगमन गर्ने तयारी गरिरहेको कामपाले विषेशगरी खुलारूपमा बेचिने खानेकुरा, पेयपदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउने कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १२ : १२ बजे