श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नवनियुक्त सामान्य प्रशासन मन्त्री साहले गरिन् पदभार ग्रहण



काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले पदभार ग्रहण गरेकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्

। जनमत पार्टीले अनितालाई संघीय मामिलामन्त्री बनाएर सरकारमा पठाएको हो । चार महिनापछि जनमत फेरि सरकारमा गएको हो । पुस १० गते प्रचण्ड प्रधानमन्त्री भएपछि गठन भएको सरकारमा जनमतबाट अब्दुला खान खानेपानी मन्त्री थिए । उनले वैशाखमा राजीनामा दिएका थिए ।

यसपटक माओवादीले आफूले पाएको मन्त्रालय काटेर जनमतलाई सरकारमा सहभागी गराएको हो । माओवादीका मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ११ : ५९ बजे