श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

बालेनले बताए– ओली, देउवा र प्रचण्ड किन मन पर्दैन ?



काठमाडौँ । काठमाडौँ महानगरमा मेयर बालेन शाहले नेताहरुलाई व्यंग्य गरेका छन् । शनिबार एक पोष्ट गर्दै बालेनले आफुलाई नेता मन नपर्ने उल्लेख गरेका छन् ।

कविता शैलीमा एक पोष्ट गर्दै बालेनले केपी ओलीको बोली मन नपर्ने, शेरबहादुर देउवाको टोली मन नपर्ने र प्रचण्डको गोली मन नपर्ने लेखेका छन् ।

उनले लेखेका छन्–

मलाई नेता मनपर्दैन ,
तिमीलाई नि त मनपर्दैन ,
मलाई एउटा मन पर्दैन ,
तिमीलाई यी त मनपर्दैन ,
तिमीलाई के पि ओलि मनपर्छ ,
मलाई बोली मन पर्दैन ,
तिमीलाई शेर बहादुर मन पर्छ ,
मलाई टोली मन पर्दैन ,
तिमीलाई प्रचन्ड मनपर्छ ,
मलाई गोली मन पर्दैन ।
शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
मलाई देश मनपर्छ ,
तिमीलाई के मनपर्दैछ ?

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  २ : १३ बजे