श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

निर्माण व्यवसायी नै सडक आन्दोलनमा आउनु चिन्ताको विषय : ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई सरकारको भन्दा देशको चिन्ता भएको बताएका छन् । देशको अर्थतन्त्र डामाडोल भएको भन्दै उनले निर्माण व्यवसायी नै सडक आन्दोलनमा आउनु चिन्ताको विषय भएको बताए । अहिलेको अवस्था सरकारले नै निम्त्याएको आरोप पनि लगाएका छन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले सरकारले निर्माण व्यवसायीप्रति ज्यादतीपूर्ण काम गरेको बताए । निर्माण व्यवसायीको आन्दोलनका कारण सबै क्षेत्र ठप्प भएको उनको भनाइ छ । हार्डवेयर बन्द हुने, निर्माणको काम ठप्प हुनु सामान्य कुरा नभएको ओलीले बताए ।

ओलीले एमालेलाई सत्तामोह नभए पनि ए अब जे गर्दा पनि ढुक्क छ भनेर सरकार लागेमा आफूलाई सैह्य नहुने उनले चेतावनी दिए । उनले एमालेमा विभाजन ल्याउन सकिन्छ कि भनेर एउटा शक्ति लागिरहेको दाबी गरे । ओलीले विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङबीच विवाद ल्याउने काम भइरहेकोमा आपत्ति जनाए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा ल्याउन लागेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १ : ५७ बजे