२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

कांग्रेस सभापति देउवा र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन्।

गृहमन्त्री श्रेष्ठले शुक्रबार साँझ धुम्बाराहीस्थित निवास पुगेर देउवासँग भेटवार्ता गरेका हुन् । शुक्रबार नै बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर कांग्रेसका सांसदहरूलाई पक्राउ गरेको बताएका थिए।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिल शर्मा पक्राउ परेपछि सांसदहरूले सरकार पूर्वाग्रही भएर कांग्रेसलाई टार्गेट गरेको आशंका व्यक्त गरेका थिए। सभापति देउवाले भने यस विषयमा बोलेका छैनन्।

कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएपछि गृहमन्त्री श्रेष्ठ धुम्बाराही पुगेका हुन्।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १ : ३९ बजे