५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

जनताको विश्वासले नै सबैभन्दा ठूलो अर्थ राख्छ : गगन थापा



काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमतको सरकारले मात्र केही नहुने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको १४ औँ महाधिवेशन पश्चात पहिलो नगर सम्मेलनमा थापाले आम जनताको विश्वासले सबैभन्दा ठूलो अर्थ राख्ने बताए ।

‘पूर्ण बहुमतमको सरकारले पनि केही हुँदैन रहेछ, राजनीतिक दलप्रति नागरिकहरूको विश्वास चाहिने रहेछ,’ उनले भने, ‘कतिको विश्वास गरेका छन् भन्ने कुराले अर्थ राख्ने रहेछ, नेपाली जनताले नै माथि लाने हो भने जनताले नै रोडमा झार्ने हो ।’

महामन्त्री थापाले सेवा गर्ने बेलामा कांग्रेसले टोपी खोल्न नहुने बताए । एक जनाले मात्र गरेर केही नहुने बताउँदै उनले हरेक काम टिममा समय सीमा राखेर गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १ : २९ बजे