श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

बाढीपहिरोबाट भएको क्षतिपूर्तिको लागि जनप्रतिनिधिदेखि कर्मचारीहरुलाई खटिन पालिका अध्यक्षको निर्देशन



कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायद्वारा अविरल वर्षा भए लगत्तै बाढी र वर्षाले गरेको क्षेति बारे बुझ्न सबै जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएका छन् ।

बाढी पहिरोबाट क्षति भएको बाटोको विषयमा समेत उपाध्यक्ष उपाध्यायलगायत सबै वडाका जनप्रतिनिधि लगायत कर्मचारीहरुलाई समेत तम्तयार रहन र खटिन निर्देशन दिएका हुन् । अध्यक्ष उपाध्यायले वडा नम्बर २ र ४ को दुईतिने पैदल यात्रापछि तराई पुग्नु पुगेका थिए ।

त्यहाँ पुगेपछि स्थानीय जनताप्रति उत्तरदायित्व र जनताले सास्ती भोग्नु नपरोस् भन्ने उद्देश्यले चिसापानी, सोल्टा सडकको स्थलगत निरीक्षण गरेका थिए । त्यस अवसरमा गाउँपालिका कर्मचारीलाई क्षतिको विवरणको लगत स्टेमेटसमेत बनाउन निर्देशन दिएका छन् ।

भोलिदेखि सो सडक खण्डको पहिरो हटाउने सम्पूर्ण व्यवस्था भएको समेत आम मोहन्यालवासी जनतालाई जानकारी गराइएको छ । त्यस्तै सिमलि खिमडि सडक खण्डको पहिरो व्यवस्थापन गर्ने कार्य पनि भोलिदेखि थालिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : १० बजे