श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

चन्द्रनगर गाउँपालिकाद्वारा बंगुर पालनका लागि अनुदान चेक हस्तान्तरण



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले वडा नं. ६ मा महिला सहकारी महाजनमुक्त बचत तथा ऋण सहकारी संस्थालाई सामुहिक बंगुर पालन गर्न ५ लाख नब्बे हजार अनुदान चेक हस्तान्तरण गरेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले उक्त चेक हस्तान्तरण गरेका हुन् । गाउँपालिकाले पोषण सुधार गर्नका लागि विपन्न समुदायका महिलाको जीवनस्तर उकास्न उक्त चेक हस्तान्तरण गरेको हो ।

त्यस्तै, बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरर्गत पर्ने सार्वजनिक सूचना मार्फत आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रम अनुसार अनुदान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : ०४ बजे