श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

दोलखाको गोपीखोलामा बस दुर्घटना, १५ जना घाइते



काठमाडौं । दोलखाको गोपीखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

वैत्यश्वर वैत्यश्वर– १ गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बा २ ख ५४२९ नम्बरको को यात्रुवाहक बस गोपीखोलामा आज बिहान ९ बजेतिर दुर्घटना भएको हो । अनियन्त्रित भएर बस सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि सदरमुकाम चरिकोट पठाएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १२ : १० बजे