श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

राजनीतिक घटनाक्रमका बारेमा आफ्नो धारणा सार्बजनिक गर्न जसपाले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । गौर हत्याकाण्डलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा आफ्नो धारणा सार्बजनिक गर्न शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ ।

जसपा प्रवक्ता मनिष सुमनले गौर हत्याकाण्डलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिए ।

सरकारले हालै गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने प्रतिवद्धता जनाएपछि जसपा सशंकित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उक्त घटनाका बारेमा छानबिन गर्ने प्रक्रिया अघि बढाउने लिखित प्रतिबद्धता जनाएपछि जसपाका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट छन् ।

उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि पोखिसकेका छन् । उपेन्द्रले देउवासँग आफ्नो पार्टीले सरकार छाड्न सक्ने जानकारी गराइसकेका छन् । आजको पत्रकार सम्मेलनमा यो विषयबारे पनि औपचारिक धारणा सार्वजनिक भएको छ ।

१७ वर्षअघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालीन माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । विभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाबारे हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरेपछि उपेन्द्र यादव सशंकित भएका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ११ : ५३ बजे