श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रतिनिधि सभाको बैठक बस्दै



काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको संसद् सचिवालय जनाएको छ ।

मंगलबार सय किलो सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिएका थिए ।

तर गृहमन्त्रीको जवाफमा एमालेले चित्त बुझाएन । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ । सो समिति नबनेसम्म संसद् चल्न नदिने एमालेले बताएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ११ : ५९ बजे