श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

आदिवासी जनजातिको हक अधिकार स्थापित गर्छौ : मन्त्री गुरुङ



काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आदिवासी जनजातिहरूको अधिकार कानुननिर्माण गरेर नै सुनिश्चित गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका कानुन मन्त्री गुरुङले २०८० साल भित्र सरकारले आदिवासी जनजातिको हक अधिकार स्थापित गर्ने बताए ।

‘यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा आयोगका अध्यक्ष र सम्बन्धित पदाधिकारीसँग सरकारले बसेर थप छलफल गरेर कानुन निर्माणका विषयमा छलफल गर्ने छ ।र, आदिवासी जनजातिको हक अधिकार, स्थापित गर्नेगरी अगाडि पढ्नेछौं,’ मन्त्री गुरुङले भने ।

आदिवासी जनजाति आयोगले तय गर्ने कार्ययोजना कार्यान्वयनका लागि सरकारले पूर्णरुपमा सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ११ : ५७ बजे