श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नेकपा माओवादी केन्द्रले पार्टीको प्रवक्तामा अग्निप्रसाद सापकोटालाई ल्याउने



काठमाडौं। नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई प्रवक्ताको जिम्मेवारी दिने भएको छ । बुधबार देखि नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकसँगै पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगेका सापकोटाले बुधबारबाट जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै मुलुकको पछिल्लो राजनीतिक अवस्थासहितका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने जनाइएको छ । त्यसका लागि दिउँसो १ बजे सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेका छन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा अर्का उपाध्यक्ष कृष्णबहादुर महरा थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ११ : ५४ बजे