श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

बाढी पहिरो र डुबानबाट हुनसक्ने क्षतिप्रति सतर्कता अपनाऔं : ओली



काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबानबाट हुनसक्ने क्षतिप्रति सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

अविरल वर्षाका कारण काठमाडौंलगायत देशैभरका क्षेत्र डुबानमा परेपछि राजमार्गहरू अवरुद्ध भए पछि एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आग्रह गरेका हुन् ।

उनले भनेका छन्– ‘आज देशका धेरैजसो ठाउँमा अविरल बर्षा भइरहेको खबर छ, सोसियल मिडिया हेर्यो कि बाढी, पहिरो र पानीको सतह बढेका विभिन्न ठाउँका तस्बिर र भीडीओहरु धेरै आइरहेका छन्, वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं, सबैको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १२ : ३७ बजे