श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

संसद् बैठक बस्दै



काठमाडौं।संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकासहितले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् ।

सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेले संसद्को अवरोध हटाउने विषयमा हिजो आइतबार सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि उनले आज अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन् ।

आइतबारको बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएका थिए ।

प्रतिपक्षका सांसदले अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न नसक्ने र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने बताएका छन् । उनीहरूले उच्चस्तरीय छानबिन समिति गठन गरौं भन्ने पक्षमा अडान लिए ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ११ : ५९ बजे