श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

गाउँपालिका अध्यक्षद्वारा वडास्तरबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको स्थलगत निरीक्षण



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडा स्तरबाटै वितरण गर्ने कार्यको थालनी गरेको छ ।

सोही क्रममा गाउँपालिकाको वडा नम्बर ६ मा वितरण गरिएको सामाजिक सुरक्षा भत्ताको गाउँपालिका अध्यक्ष राज कुमार महतोले स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा अध्यक्ष महतोले जेष्ठ नागरिक, एकल महिला तथा अशक्त भएका व्यक्तिहरुले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ताको प्रभावकारिताको बारेमा पनि निरीक्षण गरेका छन् ।

अध्यक्ष महतोले गाउँपालिकाबाट आम जनताले पाउनुपर्ने सार्वजनिक सेवामा कुनैपनि कारणले अवरोध हुनुहुदैन भन्दै सर्वसुलभ र चुस्तदुरुस्त सेवाको बारेमा प्रष्ट पारेका थिए ।

अध्यक्ष महतोले सेवा प्रबाहको सिलसिलामा आइपर्ने बाधा अबरोधलाई हटाइ गाउपालिकाबाट पाउनुपर्ने सार्वजनिक सेवा प्रवाहको जनताले अनुभूति गर्ने गरी हुनुपर्नेमा जोड दिएका थिए । उनले जनतालाई सर्वसुलभ सेवा प्रवाह गर्नुपर्ने स्थानीय सरकारको दायित्व भएको पनि बताएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ६ : ०८ बजे