श्रावण ११, २०८१ शुक्रबार Sat Jul 27 2024

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको चौथो पूर्ण बैठक भक्तपुरमा सम्पन्न



काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको चौथो पूर्ण बैठक अध्यक्ष लक्ष्मीेदेवी पाण्डे अध्यक्षतामा साउन १९ र २० गते भक्तपुरमा सम्पन्न भएको छ । वैठकले स्थानीय सरकार सञ्चालनका विविध विषयमा छलफल गरी १५ वटा निर्णय गर्नुको साथै ५ बुँदे भक्तपुर घोषणा जारी गरेको छ ।

सो बैठले नेपाल सरकारले गरेको कार्यविस्तृतीकरण प्रतिवेदनलाई परिमार्जन गर्ने निर्णय स्वागतयोग्य रहेको उल्लेख गरेको छ । त्यसैगरी महासंघको बैठकले संघीय संसद्मा पेश गरेको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक २०८० ढिलै भएपनि संसद्मा प्रवेश गर्नु सकारात्मक भएको ठहर गरेको छ ।

त्यस्तै गत आ.व. मा संघीय समाजिकरण अनुदानमा विनियोजित रकम सबै निकासा नहुन सकेको विषयमा गम्भीर समीक्षा गर्दै वित्तीय संघीयताको मर्म बोकेको स्थानीय सरकारले आफ्नो मातहतमा प्रयोग गर्न पाउने अधिकार हनन् भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

गाउँपालिकाका ग्रामीण क्षेत्रमा बाँदर, बदेल, दुम्सीजस्ता जन्यजन्तुले बालीनालीमा क्षति पु-याएको हुँदा किसानहरुलाई राहतको व्यवस्था गरिनुपर्ने माग महासंघसँग माग गरिएको छ । त्यस्तै बैठकमा वर्षायममा हुने डेङ्गी, लम्पि स्किन, बाढीपहिरोजस्तो प्रकोपबाट प्रताडित भइरहेका सर्वसाधारण किसानलाई उद्दार, राहत तथा पुनस्र्थापनाको व्यवस्थापन गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : ४१ बजे