श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

चन्द्रनगर गाउँपालिकामा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य सम्पन्न



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य सम्पन्न गरेको छ । गाउँपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न गरेको हो ।

गाउँपालिकाले सातवटै वडाका सम्पूर्ण पशुपालन फार्ममा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने कार्य हिजो साउन २० गते सम्पन्न गरेको छ ।

आजदेखि वडा र टोल स्तरमै पुगेर सार्वजनिक रुपमा आवश्यकता रहेका पशुलाई सो खोप लगाउने कार्य अगाडी बढाइएको छ । गाउँपालिकाले यो अवसरको सदुपयोग गर्न सम्पूर्ण पालिकावासी तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : ०८ बजे