श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस सचिवालयले जनाएको छ । सचिवालयका अनुसार वार्ताका क्रममा नेपाल(भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको हो ।

‘छलफलमा दुवै देशका प्रधानमन्त्रीले नेपाल(भारतको आपसी सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुका साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत हुनु भएको थियो’, सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतीय प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई पनि निरन्तरता दिएको जनाइएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ११ : ३३ बजे