जेष्ठ १५, २०८१ मंगलबार Tue May 28 2024

चाँदनी नगरपालिकाका एक युवकले गरे श्रीमतीको हत्या



कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गएराति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

‘प्रारम्भिक अनुसन्धानबाट घरायसी बिबादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ’, प्रहरी निरीक्षक साउदले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १२ : ३९ बजे