श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

गौर हत्याकाण्डका पीडितले गरे प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता



काठमाडौं । गौर हत्याकाण्डका पीडितले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

गौर हत्याकाण्डका पीडितलाई न्याय दिन माग गर्दै आन्दोलनरत पक्षले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिको संयोजक रुपसागर देवीले जानकारी दिइन् ।

१७ वर्षअघि रौतहटको राइस मिलमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबीच भएको झडपमा माओवादीका २७ जना नेता तथा कार्यकर्ताको निधन भएको थियो । निधन भएका परिवारले न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले आज छलफल गरेका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १२ : ३४ बजे