श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

युवा संघले आज अपरान्ह ४ बजे सरकारविरुद्ध प्रदर्शन गर्ने



काठमाडौँ।नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज गठबन्धन सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । गठबन्धन सरकारका गलत कदम विरुद्ध युवा संघले आज अपरान्ह ४ बजे काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको हो ।

सुन तस्करी, सहकारी पीडितको माग सम्बोधन नगरेको, गाई भैँसीमा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान नदिएको, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन युवा संघले प्रदर्शन गर्न लागेको जनाएको छ ।

सय किलो सुन तस्करी काण्डका प्रमुख व्यक्तिलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदूरलाई मात्रै समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । युवा संघले सो काण्डको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १२ : ३१ बजे