श्रावण ११, २०८१ शुक्रबार Sat Jul 27 2024

आर्थिक दैनिकका पत्रकार हरिप्रसाद रिजालको निधन



काठमाडौं । आर्थिक दैनिकमा कार्यरत पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ।पत्रकार रिजालको बिहीबार राति नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

हृदयघात भएपछि बिहीबार राति नै उनलाई नर्भिक अस्पतालमा उपचारका लागि लगिए पनि उनको निधन उपचारको क्रममा भएको थियो । रिजाल आर्थिक दैनिकका अध्यक्ष प्रल्हाद रिजालका साइलो भाई हुन्। धादिङको निलकण्ठ नगरपालिका– ६ घर भएका ४३ वर्षीय रिजालका श्रीमती र १ छोरी छन्।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १२ : १४ बजे