श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

दोलखा पहिरोमा बेपत्ता मध्ये १ को शव भेटियो, तीन जनाको खोजी जारी



दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका ७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।

पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर( ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।

बेपत्ता हुनेहरूमा स्थानीय ५५ वर्षका कृष्णबहादुर मगर, ५२ वर्षकि उनकी श्रीमती देव मगर, ५४ वर्षका हरिलाल श्रेष्ठ रहेका छन्। उनीहरूको खोजी भइरहेको छ ।

पहिरोको कारण ६ वटा घरमा पुनः रूपमा क्षति गरेको छ भने,दुई दर्जन घरमा आंशिक क्षति गरेको छ।वडा नम्बर(८ खारेबाट झरेको पहिरोले वडा नम्बर(७ मा जनधनको क्षति गरेको हो।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ११ : ४७ बजे