५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

सुदूरपश्चिम प्रदेश सरकारद्वारा नदीजन्य पद्धार्थ तथा नदी नियन्त्रण, संरक्षणसम्बन्धमा बैठक सम्पन्न



काठमाडौं । सुदूरपश्चिमको कर्णाली जलाधार क्षेत्रको जोखिम नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले बैठक सम्पन्न गरेको छ । बैठकमा नदीजन्य पदार्थको उत्खनन, नदी नियन्त्रण एवम् सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।

सो बैठकमा प्रमुख सचिव नारायण प्रसाद शर्मा दवाडी, मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर), लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही, टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारू, जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, रानिजमरा सिचाइ आयोजनाका र इन्जिनियरको उपस्थितिमा रहेको थियो ।

बैठकमा उपस्थित मुख्यमन्त्री, स्थानीय जनप्रतिनिधि, प्रशासन प्रमुखहरुले नदीजन्य पद्धार्थ तथा नदी नियन्त्रण, संरक्षणलगायतका विषयमा आफ्नो आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : ३५ बजे