श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

संवैधानिक परिषदको बैठक बस्दै, नयाँ प्रधानन्यायाधीश सिफारिस गरिने



काठमाडौँ।संवैधानिक परिषदको बैठक आज बस्दैछ । सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि बैठक बस्न लागेको हो ।

गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज पुनः बोलाइएको हो। बैठक अपराह्न ५ बजे बस्नेछ ।

आगामी शनिबारदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भए पछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ११ : ४८ बजे