श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सांसद, प्रहरीदेखि प्रत्रकारसम्मलाइ इन्धन वितरण गरेर व्यापक दुरुपयोग



काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले इन्धनको कुपन वितरणमा व्यापक दुरुपयोग गरिएको छ । उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्रविपरीत सांसददेखि प्रहरी, पत्रकार र राजनीतिक कार्याकर्तालाई समेत इन्धनको कुपन दिएर दुरुषयोग गरेको पाइएको हो।

महालेखापरीक्षकको कार्यालयले विभिन्न कार्यालय, संस्था र व्यक्तिलाई इन्धन वितरण गर्नु व्यापक अनियमितता भएको भन्दै सुधार गर्न सुझाएको छ ।

यसरी पेट्रोल लिनेमा इलाका प्रहरी कार्यालय तुलसीपुर एक हजार ९५ लिटर, पत्रकारतर्फ पाँच सय ७६ लिटर, सशस्त्र प्रहरी बल बेस एक सय ६५ लिटर, संघसंस्थालाई पाँच सय ९० लिटर, दलका भ्रातृ संगठनलाई दुई सय ३० लिटर प्रदान गरिएको छ। त्यस्तै एनजिओ, आइएनजिओलाई दुई सय पाँच लिटर, सांसदलाई दुई सय ६ लिटर, व्यक्तिविशेषलाई तीन हजार पाँच सय ९७ लिटर इन्धन निःशुल्क वितरण गरेको पाइएको छ ।

उपमहानगरपालिकाले गएको आर्थिक वर्ष ०७८र७९ मा सोहीबराबरको इन्धन वितरण गरेको छ। ६ हजार ६ सय ६४ लिटर इन्धन त्यसरी वितरण गरेको पाइएको हो।

उक्त कार्यबाट उपमहानगरपालिकालाई १२ लाखभन्दा बढी घाटा भएको जनाइएको छ । यस्ता अनियमितताबाट हाल उपमहानगरपालिकालाई विगतको बाँकी बक्यौता तिर्नुपर्ने देखिन्छ भने अर्कोतिर यसरी फजुल खर्च भइरहेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : २३ बजे