फाल्गुन १३, २०८० आइतबार Sun Feb 25 2024

सरकार अर्थतन्त्रलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तस्करी मौलाउँदै गएपछि राजश्व कम उठेको बताएका छन् । सुन तस्करी प्रकरणको चर्चा परिचर्चा भइरहेको बेला एमाले महासचिव पोखरेलले सो आरोप लगाएका हुन् ।

सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरका कारण मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको बताए ।

उनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर नदेखिएको बताए । उनले लेखेका छन्, ‘यतिवेला अस्वभाविक रुपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रुपमा तस्करतन्त्र र दलाल नोकरशाही पूँजीवादलाई संरक्षण गर्नुको परिणाम हो, सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पूँजीगत खर्च कम हुन गै समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ,’ उनले भने, ‘तर, सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन । यसप्रति सबै सरोकार पक्षको ध्यान जानु पर्दछ ।’

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : ०६ बजे