५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

यसरी मनाइयो अनामनगरमा खिर दिवस



काठमाडौं । विगत पाँच वर्ष देखि मनाइएको आएको खिर दिवस आज साउन १५ गते पनि भव्य रुपमा मनाइएको छ । युवाहरुको अगुवाइमा खिर दिवस मनाइएको छ ।

खिर दिवस आयोजक समितिका संयोजक बीरेन्द्र शल्यानीले खिर दिवस कुनै दल वा संस्थाको आयोजनामा नभई युवाहरुको अग्रसतामा विगत पाँच वर्षदेखि आजकै दिन विशेष कार्यक्रमबीच दिवस मनाइदै आएको बताएका छन् ।

उक्त खिर दिवसमा झन्डै १५ सय हाराहारीको सहभागिता रहेको संयोजक शल्यानीले बताए । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, भौतिक पुर्वाधारमन्त्री प्रकाश ज्वाला, कांग्रेस नेताहरु उदयशमशेर राणा, रामहरी खतिवडा, लिला बोखख्खम, प्रतिमा गौतम, भुपन्द्रजंग शाही, रञ्तिज कर्ण, क्षितिज भण्डारी लगायत विभिन्न दलको नेताहरुको उपस्थिति थियो ।

खिर दिवस कार्यक्रममा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालसहित विभिन्न प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । नेपाली संस्कृतिमा ‘असार १५ दही चिउरा खानु, साउनको १५ खीर’ भन्ने भनाई रहेको छ ।

त्यसैलाई निरन्तरता दिदैँ असार १५ मा दहि चिउरा तथा साउन १५ मा खिर दिवस मनाइदैँ आएको संयोजक सल्यानीले बताउँछन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ७ : ४९ बजे