२५ आश्विन २०८३, आइतबार Mon Oct 12 2026

चन्द्रनगर गाँउपालिकाद्वारा बिपन्न मुसहर महिलाहरुलाई बाख्रा हस्तान्तरण



सर्लाही । सर्लाहीको चन्द्रनगर गाँउपालिकाले बिपन्न मुसहर महिलाहरुलाई आय आर्जनको लागी बाख्रा हस्तान्तरण गरेको छ।

गाउँपालिकाको वडा नं २ बबरगंज, दनुवारीटोल र वडा नं ३ बर्डकुर्वाका अति बिपन्न मुसहर महिलाहरुलाई आय आर्जनको लागी बाख्रा हस्तान्तरण गरिएको हो ।

अति गरिव तथा पछाडि पारिएका मुसहर समुदायका महिलाहरुको पशुपालनद्धारा आयआर्जन गरेर जिविकोपार्जन गर्ने उद्देस्यले साउथ एसिया पार्टनरशीप नेपाल (साप नेपाल) नामक गैरसरकारी संस्थाले उक्त समुदायका ३१ घरपरिवारलाई बाख्रा सहयोग स्वरुप उपलब्ध गराएको छ ।

यस अगाडि पनि चन्द्रनगर ६ का १७ घर परिवारलाई खोर निर्माण गरि बंगुर बितरण गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ७ : २१ बजे