श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

गाउँपालिका अध्यक्ष महतोले वडामै पुगेर गरे सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अनुगमन



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले वडामा भइरहेको सामाजिक सुरक्षा भत्ता वितरणको स्थलगत अनुगमन गरेका छन् ।

अध्यक्ष महतोेले बाल पोषण भत्ता, वृद्ध वृद्धा, अपांगता भएका व्यक्ती, एकल महिला र दलित सहित सम्पुर्ण सामाजिक सुरक्षा भत्ताकोे स्थलगत अनुगमन गरेका हुन् ।

यस पटकको सामाजिक सुरक्षा भत्ता वडा नम्बर ७ बाट वितरण शुरु गरिएको बताइएको छ । वडा नम्बर ७ मा वितरण सम्पन्न गरी वडा नम्बर ६ मा वितरण कार्य शुरु गरिएको छ ।

त्यस्तै, सातवटै वडामा सम्पुर्ण सामाजिक सुरक्षा भता वितरण सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ७ : १४ बजे