श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई गाउँपालिका अध्यक्ष महतोले गरे सम्मान



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले एसईई २०७९ उतिर्ण गर्ने तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीका लागि सम्मान कार्यक्रम गरेको छ ।

गाउँपालिकाले विद्यार्थीलाई पढाईमा प्रोत्साहन र उत्पेरणा गर्न उक्त कार्यक्रम गरेको जनाइएको छ । त्यस्तै, कार्यक्रममा बोल्दै अध्यक्ष महतोेले एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई यसरी सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको बताएका छन् ।

महतोले गाउँपालिका र विद्यालय परिवारको प्रतिष्ठालाई उठाउने काम गर्ने अपेक्षा गरेको पनि बताए । त्यस्तै महतोले आगामी दिनमा इमान्दार मेहेनेती तथा जेहेन्दार विद्यार्थाीलाई गाउँपालिकाकोतर्फबाट सक्ने सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

उक्त कार्यक्रममा गाउँपालिकाका कर्मचारी तथा विद्यार्थी शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १२ : ४७ बजे