श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

दाहा दर्शन, विविधतामा सामाजिक एकता



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले दाहा मेलाको अवलोकन गरेका छन् । अध्यक्ष महतोले मोहनपुर फरिद टोल, पोखरिया र विर्ताबजार गरी तीन ठाउँमा अवस्थित दाहा मेलामाको अवलोकन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष महतोले प्रेम, त्याग र सद्भावको पर्वको रुपमा मनाइने दाहा मेला उल्लासपूर्ण ढंगले सम्पन्न भएकोमा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

दाहा मेला शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नसहयोग पु¥याउने सरोकारवालासँगै अन्य क्षेत्रका सहयोगीप्रति हार्दिक आभार प्रकट गरिएको छ ।

दाहा दर्शन, विविधतामा सामाजिक एकताका साथै धार्मिक र पुरातात्विक महत्व भएकाले यसको सबै पक्षबाट जगेर्ना गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ६ : ५५ बजे