जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

चर्चित लोक गायिका गीता सेञ्चुरीको ‘सम्झेको छैन र’ सार्वजनिक



काठमाडौं । मीठो स्वरकी धनी लोक तथा दोहोरी गायिका गीता सेञ्चुरीको ‘सम्झेको छैन र’ नामक कर्णप्रिय लोक दोहोरी गीत सार्वजनिक भएको छ । चर्चित लोक गायिका सेञ्चुरी निकै लामो समयको पर्खाइपछि ‘सम्झेको छैन र’ नामक मीठो गीत लिएर नेपाली सांगीतिक बजारमा आएकी हुन् ।

सेञ्चुरीको यस गीतमा लोक तथा दोहोरी गायक राजु आरडीले स्वरमा साथ दिएका छन् । सेञ्चुरीको लामो समयको पर्खाइमा आएको ‘सम्झेको छैन र’ गीत मौलिक लय र टिपिकल शब्दले सिंगारिएको पाइन्छ ।

गीतको म्युजिक भिडियो पनि मौलिक संस्कृति झल्किने खालको र कर्णप्रिय स्वरले भरिपूर्ण भएको हुँदा दर्शक स्रोताको राम्रैसँग मन जित्ने देखिन्छ । सेञ्चुरीका यसअघि पनि दर्जनौ कर्णप्रिय लोक तथा दोहोरी गीत आइसकेका छन् ।

भर्खरै सार्वजनिक ‘सम्झेको छैन र’ बोलको गीतमा सुन्दा लय, शब्द, स्वर र म्युजिक भिडियो सबैतरि तारतम्य मिलेको देखिन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ४ : ०० बजे