श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सरकारको अभियानले युवाहरुमा अब देशमा केही हुन्छ भन्ने आशा पलाएको छ : गृहमन्त्री



काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन् ।

शहीद पार्क जगडोलमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सरकारको भ्रष्टाचार विरोधी अभियानले आम जनता र युवाहरुमा अब देशमा केही हुन्छ भन्ने आशा पैदा भएको पनि दाबी गरेका छन् ।

गृहमन्त्री श्रेष्ठले कसैप्रति कृपा गर्नका लागि सरकारले भ्रष्टाचार,व्यथिती र ठगीविरुद्धको अभियान नरोक्ने प्रष्ट पारे । ‘जो(जो दोषी वा अपराधी छन्, तिनलाई कारबाही गरिन्छ नै,’ उनले भने ।

सरकारले कुनैपनि निर्दोषलाई नफसाउने पनि उनले बताए । ‘सरकारको यो अभियानले युवाहरुमा अब देशमै केही हुन्छ भन्ने आशा पलाएको छ । कता कता यसले क कसलाई तान्ने हो भनेर विभिन्न त्यान्द्रो जोडिएकाहरुबाट सचेत हुनुपर्छ । सरकारको यो अभियानलाई रोक्न त्यो कृपा कसैप्रति हामी गर्न सक्दैनौं । जुनसुकै पार्टी,घराना,नाता सबन्ध,साथी सँगी होस कसैसँग सरकारलाई मतलब छैन । जो अनुसन्धानको दोषी देखिन्ख्छ कानूनको दायरमा ल्याइनेछ ।’

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १२ : ४९ बजे