श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

पानीको हाहाकार भएपछि अध्यक्ष महतोले गरे शुद्ध खानेपानी वितरण



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले चन्द्रनगरवासीमा पानीको समस्या कम गर्न शुद्ध खानेपानी दिनहु वितरण गर्न सुरु गरेका छन् । अध्यक्ष महतोले विभिन्न ठाउँको पालिकाहरुमा पानीको स्रोत सुकेपछी र शुद्ध पिउने पानीको हाहाकार भएपछि वितरण गर्न शुरु गरेका हुन् ।

त्यस्तै, सर्लाहीको चन्द्रनगर गाउँपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, कविलासी नगरपालिका, मलंगवा नगरपालिका लगायत अन्य विभिन्न पालिकामा चापाकलमा पानी आउन छाडेपछी स्थानियहरुलाई सुद्ध पानी पिउन धौधौ परेको थियो ।

चन्द्रनगरमा पानीकै कारण खाना पकाउन, नुहाउन तथा पानी पिउन समस्या आएपछि गाउँपालिका अध्यक्ष महतोले स्थानियहरुको घरघरमै पानी पु-याउन थालेका छन् । गाउँपालिका अध्यक्ष महतोले विशेष पहल गरी गाउँपालिकाबाट पानी टैंकर संचालनमा ल्याएका हुन् ।

बिगत तिन महिना देखि पानीको मुख्य स्रोत चापाकल सुकेपछी पानी बितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । सर्लाहीको विभिन्न ठाउँमा पानीको हाहाकार भएपनि सर्लाहीको पालिकाहरु मध्ये पहिलो पटक चन्द्रनगरमा गाउँपालिका बाट पानी वितरण हुन थालेपछी स्थानियहरु खुसी भएका छन ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  २ : ४३ बजे