श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

एमाले नेता भट्टराईद्वारा नाढीमन तालको अवलोकन भ्रमण



सर्लाही । सर्लाहीको चन्द्रनगर गााउँपालिकामा अवस्थित नाढीमन ताल नेकपा एमालेका नेता तथा पूर्वसस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अवलोकन गरेका छन् ।

नेता भट्टराईले सर्लाहीको ऐतिहासिक तथा प्राकृतिक देष्टिले महत्वपूर्ण ५२ बिघे नाढीमन तालको अवलोकन भ्रमण गरेका हुन्।

नेता भट्टराईले यस ऐतिहासिक र प्राकृतिक ताल नाढीमनको संरक्षण, वद्र्धनका लागि पुननिर्माण र व्यवस्थापन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताएका थिए ।

उक्त तालले पर्यटन विकासमा टेवा पु¥याउने बताउँदै यसको विकास र प्रवद्र्धनका लागि सबैले एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

नाढीमन तालको अवलोकन भ्रमणका लागि उपस्थित नेता भट्टराईसहित उनका टोलीलाई चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोले स्वागत गरेका थिए । अध्यक्ष महतोले नेता भट्टराईसँग भेटका क्रममा एतिहासिक ताल नाढीमनको महत्वबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १ : ४५ बजे