श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सुन प्रकरणमा संलग्नलाई कारबाही गरेरै छोड्छौँ : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा संलग्नलाई कानुनी कारबाही हुने बताएका छन् ।

गोरखामा भएको कार्यक्रममा सञ्चारकर्मीहरुसंग बोल्दै गृहमन्त्री श्रेष्ठले सुन प्रकरणमा विमानस्थलका सबै निकायसंग समन्वयन गरेर अघि बढ्नेमा प्रधानमन्त्री प्रचण्ड प्रतिवद्ध रहेको बताएका हुन ।अवैघ सुन प्रकरणलाई गम्भिर रुपमा सरकारले लिएकाले दोषिलाई कारबाही गर्न निष्पक्ष छानविनमा जुटेको उनको भनाइ छ ।

समतामुलक समाज र शुसासन कायम गर्ने काममा सरकार पछि नहट्ने उनले बताए ।एक सय केजी सुन प्रकरणमा जुनसुकै पाटीका व्यक्तीहरु संलग्न रहेको भटिएमा छुट नदिने गृहमन्त्री श्रेष्ठले बताएका छन् ।
उनले अहिले अनुसन्धान जारी रहेकाले दोषि ठहर भएकालाई हदैसम्मको सजाय हुने र भ्रष्टचार निर्मूल पार्ने काममा सरकार कहिले नथाक्ने बताए । अहिले गृहमन्त्रीको राजीनामा मागेर भ्रष्ट्रचारविरुद्धको अभियान रोक्ने षडयन्त्र भएको भन्दैँ श्रेष्ठले त्यस्तो षडयन्त्रलाई असफल पारेर भ्रष्टचारमुक्त देश निर्माणमा लाग्ने बताए ।

भ्रष्टाचारीहरूको सञ्जाल ठुलो भएकाले आफूले अभियान चलाइरहेको बेला भ्रष्टाचारविरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको उनको दावी छ । आँफूले थालेको काममा चुनौती लिएर पनि सफल हुने विश्वास आँफूले लिएको गृहमन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १ : १८ बजे