श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नागरिक उन्मुक्तिबाट रामेश्वर र कैलाशले ४ बजे शपथ लिदैँ



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुँदैछ । पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् ।

नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने भएका हुन् ।उनीहरुको आज साँझ ४ बजेट शपथ ग्रहण हुने नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

सुदूरपश्चिम सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि रिक्त रहेको छ । गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको छ ।

सो रिक्त मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री कमल बहादुर शाह पार्टीभित्र छलफल थालेका छन् । आजै नाम टुङ्गाएर शपथ ग्रहण गराउने मुख्यमन्त्रीको तयारी छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १ : १० बजे