श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

राजदूत र कर्मचारीबीच समसामयिक विषयमा छलफल



क्यानवेरा । अस्ट्रेलियाको क्यानवेरामा रहेको नेपाली राजदूत कैलासराज पोख्रेल र दुतावासका उपप्रमुख कुलवहादुर मगरबीच भेटघाट भएको छ । उनीहरुवीच भेटवार्ताका क्रममा अस्टे«ेलियामा बसोबास गर्ने नेपालीहरुको समसामयिक विष्यामा छलफल भएको हो ।

यसरी राजदूत र कर्मचारी उपप्रमुखबीच भेटवार्ता भएको नेपालकी संविधान सभा सदस्य सिन्धु जलेसाले पालिका समयलाई बताएकी हुन् । सिन्धु अहिले अस्ट्रेलिया भ्रमणमा रहेकी छिन् ।

उनले अस्ट्रेलियामा पढाइ र रोजगारीको सिलसिलामा बसोबास गर्ने नेपालीहरूका दैनिक सेवाप्रवाहको अवस्थाबारे नियालिरहेकी छिन् । सिन्धुले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुलाई के, कस्तो समस्या छ भनेर पहिचान पनि गरिरहेको बताइन् ।

अध्ययन र रोजगारीको सिलसिलामा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुलाई आइपरेका समस्या समाधानका लागि त्यहाँस्थित नेपाली दूतावासले राम्रो भूमिका निर्वाह गरेको बताएकी छिन् । अस्ट्रेलियाको लागि नेपाली दूतावासले त्यहाँ रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अध्ययन, रोजगारी, बसोवास, पासपोर्ट, भिसालगायतका क्षेत्रमा नियमनकारी भूमिका निर्वाह गर्ने गरेको बताइन् ।

तर, सन् २००७ मा १० हजार नेपाली अस्ट्रेलियामा बसोबास गर्नेगरेकोमा अहिले झन्डै १ लाख ५० हजारभन्दा बढी नेपालीहरुको बसोबास रहेको बताइन् । यति ठूलो संख्यामा नेपालीको बसोबास भइरहँदा उनीहरुले भनेको बेलामा पासपोर्ट नविकरण गर्न र भिसा लगाउन सास्ति खेप्नुपरेको यथार्थ बताइन् ।

कतिपय नेपालीहरुले भिसा र पासपोर्ट नविकरण गर्न पनि महिनौंसम्म कुर्नुपरेको गुनासो रहेको जलेसाको भनाइ छ । पहिला १०, २० हजार नेपाली मात्रै बसोबास गर्नेमा अहिले डेढलाखभन्दा बढी नेपाली बसोबास गर्दा पनि दूतावासमा कर्मचारी भने पहिलाकै अवस्थामा भएकोले सेवाप्रवाहमा ढिलासुस्तीको बताइन् ।

यसरी अस्ट्रेलियाको लागि नेपाली दूतावासमा सेवाग्राहीको चाप अनुसार कर्मचारी जनशक्ति अभावले सेवाप्रवाहमा ढिलासुस्ती भएको गुनासो आइरहेको दुतावासको रहेको छ । दूतावासमा कर्मचारी अभावका कारण अस्ट्रेलियामा बसोबास गर्ने नेपालीले सेवाप्रवाहमा सास्ती खेप्नुपरेको बताइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ३२ बजे